ad ad

समाज


तिनाउ नदी किनारमा पहिलो पटक सन्ध्याकालीन आरती

तिनाउ नदी किनारमा पहिलो पटक सन्ध्याकालीन आरती

नेपालखबर
असोज ११, २०७९ मंगलबार ११:०, बुटवल

४३ औँ विश्व पर्यटन दिवसका अवसरमा रुपन्देहीको तिनाउ नदी किनारमा सन्ध्याकालीन आरती गरिएको छ।

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्रावल एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेश समितिको आयोजनामा बुटवल गोलपार्कस्थित तिनाउ नदीको किनारमा सोमबार सन्ध्याकालीन आरती गरिएको हो।

सोमवार साँझ ६ बजे स्थानीय बासिन्दाको पनि सहभागिताबीच शंखध्वनीसाथ दुर्गा मन्दिरको छेवैको तिनाउ किनारमा ३ जना पण्डितले स्तोत्र पाठसहित धुप बालेर आरती गरेका हुन्। 

जीतगढी फुलबारी हिलपार्क आउने पर्यटकलाई लक्षित गरि सन्ध्याकालीन आरती गरिएको नेपाल एशोसिएसन अफ टुर एण्ड ट्रावल एजेन्ट नाट्टा लुम्बिनी प्रदेश अध्यक्ष रचना पन्तले बताइन्।

पन्तले धार्मिक तथा सांस्कृतिक पहिचान र प्रर्वद्धनबाट यस क्षेत्रको पर्यटन उद्योगलाई चलायमान बनाउन यो कार्यक्रम गरिएको बताइन्। 

बुटवलको ऐतिहासिकतालाई प्रचारमा ल्याउन सन्ध्याकालीन आरतीले भूमिका खेल्ने उनले सुनाइन्। 

यस क्षेत्रमा हुने धार्मिक र सांस्कृतिक गतिविधिले छिमेकी देश भारतबाट पनि पर्यटक तान्न यसले विशेष भूमिका खेल्ने विश्वासका साथ सन्ध्याकालीन आरती थालिएको उनले बताइन्। 

कार्यक्रममा बोल्दै पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफुले बुटवलको पर्यटकीय विकासका लागि आवश्यक पूर्वाधार निर्माण गर्न बजेट अभाव हुन नदिने बताए।

पौडेलले आफू उपप्रधान तथा अर्थमन्त्री हुँदा २०७८ जेठ १५ गते प्रस्तुत बजेटमा सशर्त अनुदान अन्तर्गत 'तिनाउ नदी दीप प्रज्ज्वलन जलपर्यटन पूर्वाधार निर्माण बुटवल वडा नं. १,२ र ५ रुपन्देहीका लागि १ करोड' रुपैयाँ विनियोजन गरेको सुनाए।

तर सरकार फेरिएसँगै ल्याइएको पुरक बजेटले उक्त कार्यक्रम कटौती गरेकाले आफ्नो योजना अलपत्र परेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .