ad ad

समाज


पीसीपीएस कलेजकाे दोश्रो दिक्षान्त समारोह सम्पन्न

पीसीपीएस कलेजकाे दोश्रो दिक्षान्त समारोह सम्पन्न

नेपालखबर
मंसिर २५, २०७६ बुधबार १२:३,

वेडफोरसीयर विश्वविद्यालयसँग सम्बद्धता लिएको पीसीपीएस कलेजले आफनो दोश्रोे दिक्षान्त समारोह सम्पन्न गरेको छ।

समारोहमा बीबीए र बि एस् सि कम्प्युटर साईन्स एन्ड सफ्टवेर ईन्जिनियरिङका ४६ विद्यार्थी दिक्षित भएमा थिए। पिसीपिएस कलेजले प्रदान गर्ने डिग्रीहरु शिक्षा मन्त्रालयको स्वीकृति प्राप्त गरी त्रिभुवन विश्वविद्यालयको समन्वय हासिल गरेका छन्। पीसीपीएस कलेज २१ वर्ष लामो इतिहास बोकेको एल.बि.इ.एफ ग्रूप अफ इन्टीच्यूसन्ससँग आबद्ध भइ सन् २०१७ देखि नेपालमा अन्तर्राष्टिय स्तरको गुणस्तीरय शिक्षा प्रदान गर्दै आइरेको छ।

कार्यक्रममा स्वागत मन्तव्य एल.बि.इ.एफ ग्रूप अफ इन्टीच्यूसन्सका डीरेक्टर प्रकाश कुमारले गरेका थियो । वेडफोरसायर विश्वविद्यालयका भाइस चान्सलर प्रोफेसर अश्रफ जावेदले विद्यार्थीहरुलाई प्रमाण पत्र वितरण गरेका थिए। दीक्षान्त समारोहमा विद्यार्थी विवेक मर्हनजले कलेज पढ्दाको अनुभवहरु सुनाएका थिए। समारोहमा राजेन्द्र खेतान र एल.बि.इ.एफ ग्रूप अफ इन्टीच्यूसन्सका चेयर म्यान पंकज जलानले धन्यवाद ज्ञापन गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .