NepalKhabar NepalKhabar

समाज


मनसुनको न्यून चापीय रेखा नेपाल नजिक आयो, वर्षा बढ्ने सम्भावना

मनसुनको न्यून चापीय रेखा नेपाल नजिक आयो, वर्षा बढ्ने सम्भावना

फाइल तस्बिर


नेपालखबर
भदौ ४ , काठमाडौँ

मनसुनको न्यून चापीय रेखा नेपाल नजिक आएकाले अब एक/दुई दिन वर्षाको मात्रा केही बढ्ने अनुमान मौसमविद्ले गरेका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हीरा भट्टराईका अनुसार अहिले मनसुनको न्यून चापीय रेखा देशको पश्चिमतिर सरदर स्थानभन्दा उत्तर र पूर्वतिर सरदर स्थानमा छ। न्यून चापीय रेखा सरदर स्थानभन्दा जति उत्तर भयो उति पानी पर्ने सम्भावना बढ्छ। 

यस हिसाबले मनसुनको न्यून चापीय रेखा अहिले पश्चिमतिर सरदर स्थानभन्दा उत्तर रहेकाले नेपाल नजिक भएको छ। त्यसैले हिजो/ अस्तिभन्दा अब पश्चिमतिर राम्रोसँग वर्षा हुने मौसमविद् भट्टराईले जानकारी दिए। 

‘पूर्वतर्फ त यसै पनि मनसुनको प्रभाव बढी पर्छ’, मौसमविद् भट्टराईले शनिबार बिहान नेपालखबरसँग भने, ‘त्यसैले पूर्वतर्फ पनि पानी पर्छ।’ 

उनका अनुसार बंगालको खाडी नजिकै न्यून चापीय क्षेत्र बनेको छ, जसको वरिपरि बादल विकास भएको छ। त्यसको प्रभाव काठमाडौंदेखि पूर्वका क्षेत्रमा परिरहेको छ। आज काठमाडौंमा पनि वर्षा हुने सम्भावना रहेको मौसमविद् भट्टराईले जानकारी दिए। 

मौसम पूर्वानुमान महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका  केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।

यसैगरी राति पनि बागमती,गण्डकी र लुम्बिनी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। 

जसमा भनिएको छ : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका  केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेकाले उक्त भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम छ। साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह हल्का बढ्न सक्ने र दैनिक जनजीवन/यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

भदौ ४, २०७९, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.