ad ad

समाज


वात्सल्य आईभीएफले देशका प्रमुख तीन सहरमा स्वास्थ्य शिविर गर्दै

वात्सल्य आईभीएफले देशका प्रमुख तीन सहरमा स्वास्थ्य शिविर गर्दै

नेपालखबर
भदौ ३, २०७९ शुक्रबार १९:१८, काठमाडौँ

निःसन्तान दम्पतीको उपचार गर्दै आइरहेको वात्सल्य आईभीएफले आज (कृष्ण जन्माष्टमी को दिन) आफ्नो छैठौं वार्षिकोत्सव मनाएको छ। 

निःसन्तान सम्बन्धी संकुचित सोच, मिथ्या धारणा, कुण्ठा आदिका बारेमा रचनात्मक रुपमा जनचेतना फैलाउँदै आएको छ भने आधुनिक उपचार विधिबाट ७० प्रतिशत सम्मको आईभीएफ सफलता दर हासिल गरेको जनाएको छ।

वार्षिकोत्सवका अवसरमा क्लिनिकले २५०० भन्दा बढी दम्पतीलाई सन्तान प्राप्तिको खुशी दिइसकेको बताएको छ भने प्रजनन् उपचारमा काठमाडौं बाहिरका दम्पतीको पनि पहुँच बढाउन देशका ३ प्रमुख सहरहरुमा स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ।  

वात्सल्यका वरिष्ठ प्रजनन् तथा स्त्रीरोग विशेषज्ञ डा. आकृति भारतीको संलग्नता रहने यो एक दिने शिविर पोखरा, विर्तामोड र  नेपालगञ्जमा सञ्चालन हुने विज्ञप्ति मार्फत जानकारी गराएको छ।

वात्सल्यका अनुसार भदौ ४ गते शनिबार मेघा हेल्थकेयर, सभागगृह चौक, पोखरा, ११ गते निशा एड्भान्स अल्ट्रासाउण्ड एण्ड डाइग्नोष्टिक क्लिनिक विर्तामोड झापा र १८ गते वात्सल्य हेल्थकेयर, नेपालगञ्ज शाखा, बीटीएस चौक नेपालगंज, नर्सिंग होम अगाडि कार्यक्रम सञ्चालन हुनेछ।

शिविरमा सेवाग्राहीहरुले आफ्नो प्रजनन् अवस्था सम्बन्धी छलफल गर्न तथा निःसन्तान हुनुको कारण पहिचान गर्न सक्ने छन् भने सम्भावित उपचार विधिबारे जानकारी पनि प्राप्त गर्न सक्नेछन्। पूर्ण परीक्षण पश्चात आईभी नै गर्नुपर्ने भएमा विशेष छुटको व्यवस्था पनि गरिएको विज्ञप्तिमा उल्लेख छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .