ad ad

समाज


आज पनि बञ्चरेडाँडामा फोहोर फाल्न अवरोध, पक्राउ परेकालाई रिहाइ गर्न माग

आज पनि बञ्चरेडाँडामा फोहोर फाल्न अवरोध, पक्राउ परेकालाई रिहाइ गर्न माग

फाइल तस्बिर


नेपालखबर
भदौ २, २०७९ बिहिबार ११:२१, काठमाडौँ

काठमाडौं उपत्यकाको फोहोर विसर्जनस्थल बञ्चरेडाँडाका स्थानीयहरुले आज पनि अवरोध गरेका छन्। काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार पक्राउ परेकालाई रिहाई गर्न माग गर्दै स्थानीयले बिहानैदेखि अवरोध गरेका हुन्। 

‘पक्राउ परेका एकजना स्थानीयलाई छाडेर मात्र फोहोर फाल्न दिन्छौं भनेर उहाँहरुले भन्नुभएको हो,’ प्रवक्ता मानन्धरले नेपालखबरसँग भने, ‘हिजो भएको ४ बुँदे सहमतिमा सो विषय समावेश नभएको भन्ने उहाँहरुको गुनासो छ।’

बुधबार नुवाकोट, धादिङ र काठमाडौंका प्रमुख जिल्ला अधिकारीहरु, ककनी गाउँपालिका र धुनवेशी नगरपालिकाका जनप्रतिनिधिहरु र प्रहरी अधिकारीसहित बसेर ४ बुँदे सहमति गरेको थियो। 

सो सहमतिमा पक्राउ परेकालाई रिहाइ गर्ने विषय उल्लेख नभएपछि स्थानीयहरूले अवरोध गरेको मानन्धरले बताए।

काठमाडौं उपत्यकाको फोहोर उठ्न नसक्दा सहर दुर्गन्धित भएको छ। सरकारले गरेको सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयहरु आक्रोशित हुँदै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .