ad ad

समाज


चोरीको मोटरसाइकलसहित एक व्यक्ति पक्राउ

चोरीको मोटरसाइकलसहित एक व्यक्ति पक्राउ

नेपालखबर
भदौ १, २०७९ बुधबार २०:०, काठमाडौँ

काठमाडौं महानगरपालिका १६ पकनाजोलबाट चोरीको मोटरसाइकलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका २० घर भइ हाल काठमाडौंको बालाजु बस्ने २४ वर्षीय अमर सुनार रहेका छन्।

उनले चलाएको बागमती प्रदेश ०२ ०२० प ३९६८ नम्बरको २२० सीसीको कालो पल्सर शंका लागी चेक गर्दा उक्त मोटरसाइकलको वास्तविक नम्बर बागमती प्रदेश ०२ ०१५ प ८२१८ नम्बरलाई परिवर्तन गरी प्रदेश ०२ ०२० प ३९६८ नम्बर प्रयोग गरी चलाइरहेको पाइएको प्रहरीले जनाएको छ। 

उनलाई उक्त मोटरसाईकलसहित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले पकनाजोलबाट पक्राउ गरेको हो।

पक्राउ परेका सुनारलाई मोटरसाइकलसहित थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत नयाँ बानेश्वर पठाइएको छ। 

उक्त मोटरसाइकल गत वैशाख २६ गते बानेश्वर स्थित मिलनचोकबाट हराएको भनि बाराको स्वर्ण घर भइ हाल काठमाडौंको सिफल बस्ने रमोद ठाकुर लोहारले निवेदन दिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .