ad ad

समाज


‘स्मृतिमा स्वनाम’ पुस्तक विमोचन

‘स्मृतिमा स्वनाम’ पुस्तक विमोचन

नेपालखबर
साउन ३१, २०७९ मंगलबार १४:३७, काठमाडौँ

कम्युनिस्ट नेता स्वनाम साथीको स्मृतिमा प्रकाशित पुस्तक ‘स्मृतिमा स्वनाम’ काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिकीकरण गरिएको छ। 

पुराना कम्युनिस्ट नेता तथा पत्रकार भैरव रिसाल, मार्क्सीय गुरुकुलका संस्थापक सदस्य घनश्याम शर्मा पौड्याल र प्रधान सम्पादक निनु चापागाईँले संयुक्त रुपमा पुस्तक विमोचन गरेका हुन्।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का नेता तथा पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेल, वाम विश्लेषक श्याम श्रेष्ठ र लेखक आहुतिले बोले।

सम्बोधनका क्रममा भैरव रिसालले स्वनाम सरल र सादगी नेता भएको बताए। स्वनामले आफ्नो सादगीपन व्यवहारमै देखाएको रिसालले बताए। 

सम्बोधनका क्रममा नेता गिरिराजमणि पोखरेलले स्वनाम साथीका जीवनका विभिन्न पाटाबारे चर्चा गरे।

आहुतिले नेपाली कम्युनिस्ट आन्दोलनमा बहस हुँदै आएको ‘सर्वहाराकरण’को विषय सही हुँदाहुँदै पनि बाँच्नकै लागि मध्यम र पुँजीपति वर्गसँग हात थाप्नुपर्ने नियति रहेको बताए। 

‘स्वनाम साथीले पनि बाँच्नकै लागि त्यस्ता वर्गसँग हात थाप्नुपर्ने अवस्था भयो, यसको समीक्षा गर्नुपर्छ’, आहुतिले भने। 

प्रधान सम्पादक निनु चापागाईँ रहेको पुस्तकमा स्वनाम साथीसम्बन्धी ८५ जनाले संस्मरण लेखेका छन्। पुस्तक मार्क्सीय गुरुकुलले प्रकाशन गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .