ad ad

समाज


आज कहाँ कहाँ कस्तो छ वर्षाको सम्भावना?

आज कहाँ कहाँ कस्तो छ वर्षाको सम्भावना?

नेपालखबर
साउन ३१, २०७९ मंगलबार ६:१३, काठमाडौँ

अहिले (मंगलबार बिहान) देशका अधिकांश स्थानमा मौसम आंशिक बदली छ भने प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का  वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशका पहाडी भेगमा मौसम आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदली  रहनेछ। यस क्रममा पहाडी भेगका थोरै स्थानमा र बाँकी भूभागका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

यस्तै राति देशका पहाडी भेगमा मौसम आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने बुलेटिनमा उल्लेख छ। यस क्रममा देशका पहाडी भूभागका थोरै र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ।

जसमा भनिएको छ : देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थान र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले उक्त भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम छ। साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन/यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

काठमाडौं उपत्यकाको मौसम 
अहिले काठमाडौं उपत्यकाको मौसम आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार आंशिक बदली भनेको सम्बन्धित क्षेत्रको आकाशमा एक दुई ठाउँमा मात्र बादल देखिनु हो।

काठमाडौं उपत्यका साँझ, बेलुकातिर पानी पर्ने सम्भावना छ। ‘तर यो सम्भावना निकै कम छ’, उनले मंगलरबार बिहान नेपालखबरसँग भनिन्, ‘वर्षा भयो भने हल्कादेखि मध्यमसम्मको हुने सम्भावना छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .