काठमाडौंमा सडकमा खसेको सुनको सिक्री ट्राफिक प्रहरीको पहलमा फिर्ता गरिएको छ।
यही साउन २५ गते ठमेलस्थित फाएर क्लब अगाडि सडक खण्डमा खसेको १.१० तोला बराबरको सुनको सिक्री सुनिल सैजुलेले फिर्ता पाएका हुन्।
उक्त सिक्री बा १ ज ४६४२ नम्बरको भाडाकार चालकले फेला पारी लगेका थिए। सैजुले खोजतलास गरी पाऊँ भनि दिएको निवेदनका आधारमा ट्राफिक प्रहरीको खोजतलास शाखाले खोजतलास गरेको थियो।
प्रहरीले भाडाकार चालकको साथबाट सुनको सिक्री फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो।
102
Shares
प्रतिक्रिया