NepalKhabar NepalKhabar

समाज


फोहोर लिएर बञ्चरेडाँडा गएका गाडी बीच बाटोमै रोकिए

फोहोर लिएर बञ्चरेडाँडा गएका गाडी बीच बाटोमै रोकिए

नेपालखबर
साउन ३० , काठमाडौँ

काठमाडौंबाट फोहोर बोकेर बञ्चरेडाँडा हिँडेका गाडीहरुलाई स्थानीयले अवरोध गरेका छन्। काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार आज बिहान फोहोर बोकेर गएका गाडीहरु बीच बाटोमै रोकिएका हुन्। 

फोहोर बोकेर गएका गाडीहरु रोकिएपछि सहमतिको प्रयास भएपनि अहिलेसम्म संभव नभएको प्रवक्ता मानन्धरले नेपालखबरलाई बताए।

आइतबार राजनीतिक दलहरुले संयुक्त विज्ञप्ति निकालेर बञ्चरेडाँडामा फोहोर फाल्न नदिन घोषणा गरेका थिए। त्यसपछि आज फोहोर लिएर गएका कुनै गाडीले पनि फोहोर फाल्न पाएका छैनन्। 

धादिङको धुनिबेशी नगरपालिका–१ का कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी केद्रका अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादीका अध्यक्ष भीषण धितालले संयुक्त विज्ञप्ति निकालेका थिए। 

करिब ७५ दिनदेखि काठमाडौंको फोहोर उठ्न नसकिरहेको अवस्थामा सधैँका लागि फोहोर फ्याँक्न नदिने घोषणा उनीहरुले गरेका छन्।

उनीहरुले १७ वर्षदेखि काठसहितका नगरपालिकाको फोहोर धादिङ र नुवाकोटको सिमाना सिसडोल र पछिल्लो समय कुडुल्ले बञ्चरेडाँडामा अव्यवस्थित रुपमा फ्याँकिने गरेको पनि बताएका छन्।

स्थानीयबासिन्दाको जनजीवन ज्यादै कष्टकर हुनुका साथै दीर्घ रोगले स्थानीयवासीहरु पीडित भइरहँदा पनि मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने फोहोरको उचित व्यवस्थापनमा महानगरसहित संघीय सरकारले चासो नदिएको उनीहरुले बताएका छन्।

साउन ३०, २०७९, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.