काठमाडौंमा शनिबार पाँचौं विश्व संस्कृत दिवस मनाइएको छ।
प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठमा कार्यक्रम गरी पाँचौं विश्व संस्कृत दिवस मनाइएको हाे।
कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका प्रा.डा. दीर्घराज घिमिरेलाई संस्कृत विशेष सम्मान गरिएको छ।
सो अवसरमा त्रिभुवन विश्वविद्यालय, संस्कृत केन्द्रीय विभागका उपप्राध्यापक रोहिणीराज तिमिल्सिनालाई १ लाख राशिको आरुणि संस्कृत शोधवृत्ति प्रदान गरिएको छ।
तिमिल्सिनाले संस्कृत भाषामा अनुवाद एवं सम्पादन गरेको पुस्तक ‘राज्यराष्ट्रम्’ लोकार्पण पनि गरियो। पुस्तकका मूल लेखक डा. निर्मलमणि अधिकारी, डा. गोविन्दशरण उपाध्याय र सुशील गौतम हुन्।
नेपाल संस्कृत विश्वविद्यालयको वाल्मीकि विद्यापीठ, त्रिभुवन विश्वविद्यालयको संस्कृत केन्द्रीय विभाग, काठमाडौं विश्वविद्यालयको भाषा तथा आमसञ्चार विभाग, जरो किलो प्रतिष्ठान नेपाल, जयतु संस्कृतम् संस्थाको सहकार्यमा पाँचौं विश्व संस्कृति दिवस मनाइएको हो।
अन्तर्राष्ट्रिय क्षेत्रबाट आयोजकमा इन्टरनेसनल फेडेरेसन अफ सनातन धर्म, सहृदयता इन्टरनेसनल यूएसए र नेपाली हिन्दू फोरम युकेलगायत संस्था थिए।
विश्व संस्कृत दिवस जरो किलो प्रतिष्ठान नेपालको आह्वानमा २०७५ देखि मनाउन थालिएको हो।
Shares
प्रतिक्रिया