ad ad

समाज


थप २६३ जनामा कोरोना संक्रमण, २ संक्रमितको मृत्यु

थप २६३ जनामा कोरोना संक्रमण, २ संक्रमितको मृत्यु

नेपालखबर
साउन २८, २०७९ शनिबार १९:११, काठमाडौँ

कोरोना भाइरसको सङ्क्रमण आज २६३ मा देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा तीन हजार एक सय ६५ मा गरिएको परीक्षणमध्ये दुई सय ६३ मा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो। सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार चार सय ३४ पुगेको छ। 

यस्तै आज कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई पाँच सय एक जना घर फर्किएका छन्। मन्त्रालयका अनुसार आज कोरोना भाइरसको सङ्क्रमणबाट दुई जनाको निधन भएको छ। अहिलेसम्म ११ हजार नौ सय ८६ को सङ्क्रमणबाट निधन भएको छ।

पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर तथा दुई सयभन्दा बढी सङ्क्रमित भएको जिल्ला मोरङ छ। सङ्क्रमित शून्य भएका जिल्ला मनाङ, कालीकोट, दार्चुला र हुम्ला छन्।

मन्त्रालयका अनुसार होम आइसोलेसनमा पाँच हजार दुई सय २८, संस्थागत आइसोलेसनमा दुई सय छ, सघन उपचार कक्ष आईसीयूमा ६१ र भेन्टिलेटरमा चार जनाको उपचार भइरहेको छ। 

विगत २४ घण्टामा एक लाख २७ हजार तीन सय २१ ले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .