NepalKhabar NepalKhabar

समाज


निहारिकालाई भेटेर बालेनले भने : बच्चाको डीएनए टेस्ट गराउन एउटी आमाले जल्न तयार हुनु पर्ने?

निहारिकालाई भेटेर बालेनले भने : बच्चाको डीएनए टेस्ट गराउन एउटी आमाले जल्न तयार हुनु पर्ने?

नेपालखबर
साउन २८ , काठमाडौँ

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले न्याय माग्दै संघर्षरत निहारिका राजपुतसँग भेट गरेका छन्। उनले शनिबार त्रिवि शिक्षण अस्पताल पुगेर निहारिकालाई भेटेका हुन्। 

भेटपछि उनले सामाजिक सञ्जाल फेसबुकमा निहारिकामाथि अत्याचार गरिएको टिप्पणी गरेका छन्। 

भेटको तस्बिर सार्वजनिक गर्दै महानगर प्रमुख शाहले लेखेका छन्, ‘आफ्नो बच्चाको डीएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ। यति गर्न एउटी आमाले जल्न तयार हुनु पर्ने? यो अत्ति हो। यो अत्याचार हो। कानुनीराज्य यस्तो हुँदैन। अभिभावक भनिने राज्य यस्तो हुनु हुँदैन।’ 

आफूलाई बलात्कार गर्नेमाथि कारबाही हुनुपर्ने र बच्चा एवं उनका बाबुको डीनएन परीक्षण हुनुपर्ने माग गर्दै निहारिकाले शुक्रबार शीतल निवास अगाडि आत्मदाहको प्रयास गरेकी थिइन्। 

उनलाई अहिले शिक्षण अस्पतालको मानसिक वार्डमा राखिएको छ।

साउन २८, २०७९, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.