ad ad

समाज


करिश्माले सार्वजनिक गरिन् निहारिकाको गर्भवती अवस्थाका तस्बिर

करिश्माले सार्वजनिक गरिन् निहारिकाको गर्भवती अवस्थाका तस्बिर

नेपालखबर
साउन २८, २०७९ शनिबार ७:२५, काठमाडौँ

आफूलाई बलात्कार गर्नेमाथि कारवाही हुनुपर्ने र बच्चा एवं उनका बाबुको डीनएन परीक्षण हुनुपर्ने माग गर्दै शुक्रबार शीतल निवास अगाडि आत्मदाहको प्रयास गरेकी निहारिका राजपुतका पुराना निजी तस्बिरहरु नायिका करिस्मा मानन्धरको फेसबुक आइडीबाट पोस्ट भएका छन् । तस्विरमा निहारिका आफ्नो ‘प्रेमी’सँग देखिन्छिन्। उनी गर्भवती अवस्थामा पनि देखिन्छिन्।

सामाजिक सञ्जालमार्फत करिश्माले तस्बिरहरु सेयर गर्दै आफूले नबुझी निहारिकालाई सहयोग गर्न अघि सरेको भन्दै माफीसमेत मागेकी छन्। निहारिकाले आत्मदाहको प्रयास गरेको केही घण्टापछि नै करिस्माले निहारिका बलात्कृत होइनन् भन्ने आशय प्रकट गर्दै यी तस्बिरहरु सार्वजनिक गरेकी हुन् । 

‘अब उपरान्त भोकोलाई खाना र नाङ्गोलाई लुगाबाहेक रुपैयाँको  सहयोग गर्न म सक्दिनँ। निहारिकाको सडकको बिजोग हेर्न नसकेर अगाडि बढेँ’, करिश्माले लेखेकी छन्, ‘निहारिका ! आमा, बुवासँग माफी माग, बच्चालाई असर पर्छ, तिम्रो जीवनमा असर पर्छ। आफूलाई दु:ख नदेऊ।’

न्यायको माग गर्दै अनसन बस्दै आएकी निहारिकालाई यसअघि करिस्माले छोराका रुपमा लिँदै उनी र उनका छोराको लालनपालनका लागि आफू तयार रहेको घोषणा  गरेकी थिइन्। 

तर, उनले आफ्नो फेसबुक स्टाटसमा आफू भ्रममा परेको हुँ कि भन्दै निहारिकालाई नै दोषी देखाउन खोज्दै भनेकी छन्, ‘कत्ति नाबालिक जो साँच्चिकै पीडित छन्, तिनको मुद्दामा असर पर्छ। राज्य, न्याय पालिकाले यो केसको गहिरो छानबिन गरोस्। म भ्रममा परेको हु कि? तर सधैँ सत्यको  साथमा छु। यो सब हेरे पछि के गरु म?’

माइतीघरमा अनसनमा निहारिका र उनीकी छोरी।

आफू पटकपटक बलात्कारमा परेको बताउँदै दोषीलाई कारबाही माग गर्दै निहारिका लामो समयदेखि आमरण अनशन र धर्नामा बसिरहेकी छन्। बलात्कारमा संलग्न दोषीलाई कारबाही नभएको भन्दै शुक्रबार दिउँसो उनले राष्ट्रपतिको कार्यालय शीतल निवास अगाडि आत्मदाह प्रयास गरेकी थिइन्।

सरकारले पनि सहमतिअनुसार आफ्ना माग नसुनेपछि उनी केही दिनयता चरणबद्ध आन्दोलनमा थिइन्। वसन्तपुरमा करिब एक साता आमरण अनशन बसेपछि गृहमन्त्री बालकृष्ण खाँण नै पुगेर दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका थिए।

सरकारसँग ५ बुँदे सहमतिपछि निहारिकाले त्यसबेला अनसन तोडेकी थिइन्। तर सहमति पालना नभएपछि उनले फेरि सडकमा आउनुपरेको बताइरहेकी छन्।

सरकारसँग ५ बुँदे सहमतिपछि जुस दिँदै गृहमन्त्री बालकृण खाण।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .