ad ad

समाज


गाईजात्रामा रेखा थापाको ‘राजनीति’

गाईजात्रामा रेखा थापाको ‘राजनीति’

नेपालखबर
साउन २७, २०७९ शुक्रबार ८:३९, काठमाडौँ

काठमाडौंको मूलपानीमा रहेको ‘द भेलोसिटी स्कुल’ले आयोजना गरेको गाईजात्रा विशेष कार्यक्रम विभिन्न प्रस्तुतिका साथ सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा नायिका रेखा थापा उपस्थित भएकी थिइन्। रेखाले साना नानीहरूलाई इंगित गर्दै आफू स्कुल पढ्दाको बाल्यकालका दिन स्मरण गरेकी थिइन्।

उनले कार्यक्रममा पुरानो नेताहरूको रजाइँले देशले कोल्टे फेर्न नसकेको भन्दै अबको चुनावमा पुराना नेताहरुलाई दोहोर्याउन नहुने बताइन्। 

कार्यक्रममा रेखाका अलावा हास्यकलाकार घनश्याम गौतम र सुरेश तिमल्सिनाले प्रचण्ड र केपी वलीको क्यारिकेचर गरेर राजनितिक व्यङ्ग्यमार्फत दर्शकहरुलाई मनोरञ्जन दिलाए।

 

नेताहरुको कुर्सीको लडाइँले जनताहरुले दुःख पाएकोले अबको चुनावमा भोट हाल्दा विचार गरेर हाल्नुपर्ने सन्देश भएको गाइजात्रे नाटकमा कलाकार सानू घायल, सरिता राजोपाध्याय, अनिल गुरुङ, दीपक दुलालले साथ दिएका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .