ad ad

समाज


देशभरका नायब सुब्बा आज बिदामा बस्ने, तलब फरक भएको भन्दै आन्दोलित

देशभरका नायब सुब्बा आज बिदामा बस्ने, तलब फरक भएको भन्दै आन्दोलित

फाइल तस्बिर


नेपालखबर
साउन २४, २०७९ मंगलबार ९:२९, काठमाडौँ

देशभरका नायब सुब्बा (नासु) आज बिदामा बस्ने भएका छन्।

सरकारले असमान रुपमा तलवमान बढाएको भन्दै उनीहरु विरोधमा उत्रिएका सरकारी कर्मचारी (नायब सुब्बा)ले आज बिदामा बस्ने घोषणा गरेका हुन्। 

यस आर्थिक वर्षको बजेटमा घोषणा भएअनुसार तलब नबढाएको उनीहरुको आरोप छ। 

नायब सुब्बा र त्यसभन्दा तल्लो तहका कर्मचारीहरुले सोमबारदेखि सिंहदरबारस्थित अर्थ मन्त्रालयअगाडि धर्ना थालेका थिए। 

खासगरी अधिकृत स्तरभन्दा तलका सरकारी कर्मचारी आन्दोलित भएका छन्।

नेपाल निजामती कर्मचारी संगठनले यसअघि विज्ञप्ति जारी गरी मन्त्रालयको नयाँ तलबमानमा असन्तुष्टि पोखेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .