ad ad

समाज


प्रहरीले थाल्यो निर्वाचन सुरक्षाको तयारी, एआईजी थापाको कमाण्डमा सेल गठन

प्रहरीले थाल्यो निर्वाचन सुरक्षाको तयारी, एआईजी थापाको कमाण्डमा सेल गठन

नेपालखबर
साउन २३, २०७९ सोमबार १९:३२, काठमाडौँ

नेपाल प्रहरीले निर्वाचनको सुरक्षा योजना तयार गर्न सुरु गरेको छ। कार्य विभागका अतिरिक्त महानिरीक्षक (एआईजी) सहकुल थापाको कमाण्डमा निर्वाचन सेल गठन गरिएको हो। 

यसअघि स्थानीय तहको निर्वाचनमा पनि थापाकै नेतृत्वमा चुनावी सुरक्षा योजना बनेको थियो। चुनावी सेलमा कार्य विभागकै डीआईजी वसन्त कुँवर लगायत सदस्य छन्। 

थापा नेतृत्वको टिमले अब निर्वाचन आयोगसँग समन्वय गरेर मतदान केन्द्रको सुरक्षा योजना तयार गर्नेछ। कति मतदान केन्द्र रहन्छन्, त्यसका लागि कति प्रहरी कर्मचारी आवश्यक पर्छन्। गाडी घोडा कति आवश्यक पर्छ, निर्वाचन सुरक्षाका लागि आवश्यक सामाग्री, हातहतियार लगायत आवश्यक व्यवस्थापनको योजना तयार गर्ने छ। 

सोही योजना अनुसार चुनावमा सुरक्षाकर्मी खटिने छन्। यही सेलले नेपाली सेनासँग र सशस्त्र प्रहरीसँग पनि समन्वय गर्नेछ। 

सरकारले आगामी मंसिर ४ गते एकै चरणमा देशभर संघ र प्रदेशको निर्वाचन गर्ने घोषणा गरेको छ। केन्द्रीय सेलले चुनावका लागि कति म्यादी भर्ना गर्नुपर्छ भन्ने पनि टुंग्याउने छ। यसअघि स्थानीय तहको निर्वाचनमा एक लाख म्यादी भर्ना गरिएको थियो। 

आगामी निर्वाचनमा त्यो भन्दा बढी म्यादी भर्ना गर्ने सरकारको तयारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .