ad ad

समाज


पत्रकार चेम्जोङ तथा चाम्लिङसहित विभिन्न व्यक्तित्व पुरस्कृत

पत्रकार चेम्जोङ तथा चाम्लिङसहित विभिन्न व्यक्तित्व पुरस्कृत

नेपालखबर
साउन २२, २०७९ आइतबार २२:१, काठमाडौँ

किरात राई यायोक्खाले पत्रकार कौशल चोम्जोङ तथा राजेश चाम्लिङ राईसहित विभिन्न व्यक्तित्वलाई पुरस्कृत गरेको छ।

आफ्नो ३५ औँ स्थापना दिवसको अबसरमा यायोक्खाले विगत दुई दशकभन्दा बढि पत्रकारिता गरिरहेका चोम्जोङ र चाम्लिङसहितका प्रतिभाहरुलाई पुरस्कृत गरेको हो। 

उदयपुरबाट पत्रकारिता तथा विभिन्न प्राज्ञिक अनुसन्धान कार्यमा संलग्न चेम्जोङ नेपाल पत्रकार महासंघको पूर्व उपाध्यक्ष हुन् भने हाल गोरखापत्र दैनिकका सहसम्पादक रहेका चाम्लिङ महासंघको निवर्तमान केन्द्रीय सदस्य हुन्।

चेम्जोङलाई नगद २५ हजार रुपैयाँसहितको ‘छत्र विष्णु कृति सम्मान’ तथा चाम्लिङलाई नगद ३० हजार रुपैयाँ ‘धनकेसर अम्तहरी राई स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरिएको हो। 

पुरस्कृत हुनेहरुमा लेखक शिवसुन्दर मेवाहाङ राई, डक्टर किरात, शुखकला राई, रोशन राई र सम्झना देवास राई छन्। मेवाहाङलाई  ३० हजार रुपैयाँसहित मदनेस्वरी राई स्मृती पुरस्कार, किरातलाई , किरात १५ हजार रुपैयाँसहित राई यायोक्खा संगीत पुरस्कार, राईलाई १५ हजार रुपैयाँसहित मोहन सिं भाषिक पत्रकारिता पुरस्कार, रोशनलाई १५ हजार रुपैयाँसहित जागिरमान सुभाषी राई सांस्कृतिक भिडियो पुरस्कार देवासलाई ३० हजार रुपैयाँसहित मनकुमारी साम्पाङ दुमि राई खेलकुद पुरस्कार प्रदान गरिएको हो। 

किराती राई समुदायको साझा सामुदायिक संस्था यायोक्खाले प्रत्येक वर्ष आफ्नो स्थापना दिवसमा राई समुदायबाट विभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्नेहरुलाई पुरस्कृत गर्दै आएको छ। कार्यक्रमको अवसरमा यस वर्ष विद्यावारिधी गर्ने, खेलकुदको विभिन्न प्रतियोगितामा उत्कृष्ट बन्ने तथा अन्य क्षेत्रमा सफलता हाँसिल गर्ने प्रतिभाहरुलाई पनि सम्मान गरेको थियो। 

आइतबार आयोजित पुरस्कार तथा सम्मान वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष ग्याल्जे शेर्पाले नाम राख्न बाँकी एक मात्र प्रदेश १ को नाम पहिचानमा आधारित हुनुपर्ने बताए। यायोक्खाका अध्यक्ष दिवस राईले यायोक्खाले वर्षेनी विभिन्न प्रतिभाहरुलाई प्रोत्साहित गर्ने गरेको उल्लेख गर्दै हाल निक्कै जटिल बनाइएको प्रदेश नं. १ को नाम किरात राखिनुपर्ने बताए।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .