ad ad

समाज


पत्रकार महासंघ ललितपुरकाे समन्वयमा १६३ पत्रकारले बनाए राष्ट्रिय परिचय पत्र

पत्रकार महासंघ ललितपुरकाे समन्वयमा १६३ पत्रकारले बनाए राष्ट्रिय परिचय पत्र

नेपालखबर
साउन २१, २०७९ शनिबार २२:३३, काठमाडौँ

नेपाल पत्रकार महासंघ ललितपुरको समन्वयमा डेढ सय बढी जना पत्रकारले राष्ट्रिय परिचयपत्र बनाएका छन्। 

जिल्ला प्रशासन कार्यालय ललितपुर र राष्ट्रिय परिचयपत्र इकाइको प्राविधिक सहयोगमा शनिबार जिल्लामा कृयाशील १ सय ६३ जनाको राष्ट्रिय परिचयपत्र बनाइएको नेपाल पत्रकार महासंघका अध्यक्ष सागर न्यौपानेले जानकारी दिए।

कार्यक्षेत्रमा खटिनुपर्ने पत्रकारलाई सरकारले चलाएको अभियानमा सहभागी गराइएको न्यौपानेले बताए।

'जिल्लामा आबद्ध पत्रकार साथीहरु कार्यक्षेत्रमा व्यस्त हुनुपर्दा घण्टौँ लाइनमा बस्न सम्भव थिएन,' न्यौपानेले भने, 'राज्यको अभियानमा पत्रकार सहभागी भएर आमनागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन उत्प्रेरित गर्न महासंघले समन्वय गरेको हो। यसमा उत्साहजनक सहभागिता भयो।'

प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जनतालाई सुसूचित गर्ने पत्रकारहरूको समयलाई र ब्यस्ततालाई ख्याल गरेर राष्ट्रिय परिचयपत्र बनाउन साथ दिएको बताए।

'सबै नागरिकले राष्ट्रिय परिचयपत्र बनाउनु पर्ने सरकारको मान्यता छ, हामी प्रशासनले पनि ललितपुरका सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन सहजीकरण गर्दै आएका छौँ,' सिडिओ उपाध्यायले भने, 'यो अभियानमा कोही नछुटुन् भन्ने कोसिस हो, त्यसमा पत्रकार महासंघको भूमिकाले नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन थप सन्देश गयो।'

राष्ट्रिय परिचय पत्र जिल्ला प्रशासन कार्यालयस्थित राष्ट्रिय परिचय इकाइका प्रमुख हरि राउतले सरकारको अभियानमा पत्रकार महासंघ ललितपुरले साथ दिएको बताए।

'सरकारको राष्ट्रिय अभियानमा पत्रकार महासंघ ललितपुरले साथ दिएको छ, जनताको सेवा जुनसुकै बेला हामी गर्न तयार छौँ, राउतले भने, ' समयमै राष्ट्रिय परिचय बनाए सहज हुनेछ।'

अन्य बेलामा प्रशासनमा भीडभाड हुने भएकोले सार्वजनिक बिदाको दिन पनि सेवा दिएको उनले बताए।

'सरकारको राष्ट्रिय अभियान सफल पार्न र जनताको सेवा जुनसुकै बेला गर्न हामी तयार छौँ,' राउतले थपे।

शनिबार बिहान ८ बजेदेखि १२ बजेसम्म राष्ट्रिय परिचयपत्र बनाइएको थियो। सार्वजनिक बिदाको दिन भएकोले पत्रकार महासंघसँग सहकार्य गर्न सहज भएको राष्ट्रिय परिचयपत्र इकाइका व्यवस्थापन कक्षका सुपरभाइजर साजन न्यौपानेले बताए।

'पासपोर्ट बनाउन मात्र राष्ट्रिय परिचयपत्र बनाउने जस्तो भयो र अरु दिन निकै भीड भयो,' न्यौपानेले भने, 'खासमा राज्यले सबैको राष्ट्रिय परिचयपत्र बनाउन अनिवार्य गरेको छ। हामीले सार्वजनिक बिदाको दिन पनि सेवा दिएर भीड कम गराउन खोजेका हौं।'

राउतका अनुसार ललितपुर महानगरका १ देखि १४, १६,१७,१९ र २० नम्बर वडामा वडास्तरीय अभियान चलिराखेको। बाँकी ११ वटा वडामा पनि साउन मसान्त भित्रमा अभियान सञ्चालन गरिने बताए। ललितपुर जिल्लाको महानगरपालिकामा राष्ट्रिय परिचयपत्र बनाउने अभियान चलिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .