ad ad

समाज


कोरोना : थप ६ सय ६० जनामा संक्रमण, एक जनाको निधन

कोरोना : थप ६ सय ६० जनामा संक्रमण, एक जनाको निधन

नेपालखबर
साउन २१, २०७९ शनिबार १८:२९, काठमाडौँ

आज ६ सय ६० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनका अनुसार ४ हजार ६ सय ८२ जनामा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो। 

योसँगै हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार छ सय ४१ पुगेको छ। यस अवधिमा चार सय ४४ जना सङ्क्रमणमुक्त भएका छन्। हालसम्म नौ लाख ७२ हजार ६४ जना सङ्क्रमणमुक्त भएका छन्।

यस्तै आज कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको निधन भएको छ। यससँगै अहिलेसम्म ११ हजार नौ सय ७१ जनाको सङ्क्रमणबाट निधन भएको छ।

पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर तथा दुई सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला मोरङ र कास्की रहेका छन्। सङ्क्रमित शून्य भएका जिल्ला मनाङ, कालिकोट र हुम्ला छन्।

यस्तै होम आइसोलेसनमा पाँच हजार चार सय ७१, संस्थागत आइसोलेसनमा एक सय ७०, सघन उपचारकक्ष (आईसीयू) मा ४६ र भेन्टिलेटरमा दुई जनाको उपचार भइरहेको छ। विगत २४ घण्टामा २० हजार छ सय ६६ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .