ad ad

समाज


देशभर विभिन्न स्थानमा वर्षा जारी, २४ घण्टालाई चेतावनी

देशभर विभिन्न स्थानमा वर्षा जारी, २४ घण्टालाई चेतावनी

फाइल तस्बिर


नेपालखबर
साउन २१, २०७९ शनिबार ६:४९, काठमाडौँ

अहिले (आज शनिबार बिहान ६:३८ बजे मौसमविद्सँग कुरा गर्दा) प्रदेश १ र बागमती प्रदेशका केही स्थान तथा अन्य बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार ती स्थानमा हिजो साँझदेखि नै पानी रोकिँदै पर्दै गरिरहेको हो।

‘काठमाडौं उपत्यकामा चाहिँ बिहान २/३ बजेदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ’, शनिबार बिहान नेपालखबरसँग मौसमविद् बासीले भनिन्। 

उनका अनुसार आज दिउँसो पनि पहाडी भेगका केही र तराईका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। प्रदेश १, गण्डकी र बागमती प्रदेशका एक दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना रहेको मौसमविद् बासीले जानकारी दिइन्। 

यस्तै यस्तै आज राति विशेषगरी पश्चिमतर्फ मनसुन सक्रिय हुने देखिएको छ। मौसमविद् बासीका अनुुसार राति  सुदूरपश्चिम, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। ‘ती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ’, उनले भनिन्। 

मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ। 

जसमा भनिएको छ : देशका पहाडी भूभागका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, बाग्मती  प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी  प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम छ। साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन/यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।

मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको ३ दिनसम्मको मौसम अनुमान यस्तो छ : 

साउन २१ गते शनिबार (आज)
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राती : बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी र सुदूरपश्चिम  प्रदेशमा सामान्य बदली रही बाँकी  भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

साउन २२ आइतबार
दिउँसो देशभर सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राती स् देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

साउन २३ सोमबार
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राती देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश १ र बागमती प्रदेशका केही भूभागमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .