ad ad

समाज


बेलायतमा पहिलो नेपाली महिला प्रोफेसर बनिन् डा. प्रियंवदा

बेलायतमा पहिलो नेपाली महिला प्रोफेसर बनिन् डा. प्रियंवदा

डा. प्रियंवदा पौड्याल


नेपालखबर
साउन १९, २०७९ बिहिबार १६:३०, लन्डन

बेलायतमा पब्लिक हेल्थ विषयमा प्राध्यापन गर्दै आएकी डा. प्रियंवदा पौड्याल नेपाली मूलको पहिलो महिला प्रोफेसर बन्न सफल भएकी छन्।

उनी बेलायतको वेष्ट मिडल्याण्डमा पर्ने किइल युनिभर्सिटीमा हालै पब्लिक हेल्थका प्रोफेसरका रुपमा नियुक्त भएकी हुन्।

उनले सो युनिभर्सिटीमा ग्लोबल हेल्थ इष्टिच्युटको डाइरेक्टरको रुपमा जिम्मेवारी सम्हाल्ने भएकी छन्।

बेलायतका युनिभर्सिटीहरुमा प्रोफेसर तहमा पुगेर शिक्षा क्षेत्रमा योगदान गर्ने नेपालीहरुको संख्या निकै कम छ। त्यसमा पनि डा. पौड्याल छोटो समयमै पहिलो महिला प्रोफेसर भएपछि अहिले उनको चर्चा भइरहेको छ।

नेपालको चितवनमा जन्मेर हाल ललितपुर घर भएकी प्रोफेसर पौड्याल करिब १७ वर्षअघि अध्ययनका लागि बेलायत आएकी थिइन्। उनले स्कटल्याण्डको एबरडिन युनिभर्सिटीबाट पब्लिक हेल्थमा मास्टर्स डिग्री पुरा गरी सोही युनिभर्सिटीबाट सन् २०११ मा विद्यावारिधि सम्पन्न गरेकी थिइन्।

प्रोफेसरमा नियुक्त भएपछि खुसी व्यक्त गर्दै उनले नेपालखबरसँग नेपालको जनस्वास्थ्य क्षेत्रमा आफूले पुर्याउन सक्ने योगदानका लागि सधैँ लागिपर्ने बताइन्। 

‘म विगतमा पनि नेपालका विभिन्न विश्वविद्यालय र विज्ञहरुसँग सहकार्य गरी नेपालको जनस्वास्थ्यको क्षेत्रमा काम गर्दै आइरहेकी छु र भविष्यमा पनि यसमा लागिरहने छु,’ पौड्यालले भनिन्, ‘म खल्तीमा पाँच सय पाउण्ड लिएर बेलायत पसेकी थिएँ, दृढ इच्छा शक्ति र मेहनतका साथै परिवार, साथीभाइ र गुरुजनहरुको निरन्तर सहयोगले यो स्थानसम्म आइपुगेकी छु।’

उनले नेपालको जनस्वास्थ्यसँग सम्बन्धि अनुसन्धानहरु गर्नुका साथै लेखहरु लेख्दै आएकी छन्। 

खाडी मुलुकमा कार्यरत नेपाली आप्रावासीहरुको स्वास्थ्य अनुसन्धानमा कथावस्तुको प्रयोग गरी जनचेतना जगाउने उनको नौलो अनुसन्धानको निकै चर्चा पनि भएको थियो।

हाल उनी श्रीमान र छोरीसँग बेलायत बस्दै आएकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .