ad ad

समाज


मधेसबाहेक सबै प्रदेशमा वर्षा, २४ घण्टालाई चेतावनी

मधेसबाहेक सबै प्रदेशमा वर्षा, २४ घण्टालाई चेतावनी

फाइल तस्बिर


नेपालखबर
साउन १९, २०७९ बिहिबार ६:४६, काठमाडौँ

अहिले (बिहीबार बिहान ६:३० बजे) मधेस प्रदेशबाहेक सबै प्रदेशमा वर्षा भइरहेको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार मधेश प्रदेशबाहेक बाँकी ५ वटा प्रदेशका थोरै थोरै स्थानमा हल्का वर्षा भइरहेको हो।  

आज दिउँसो देशका केही स्थानमा हल्कादेखि मध्यसम्म वर्षा हुने सम्भावना रहेको जानकारी उनले दिइन्।

‘दिउँसो गण्डकी र सुदूरपश्चिमका एक दुई ठाउँमा भने भारी वर्षाको सम्भावना छ’, मौसमविद् नगरकोटीले बिहीबार बिहान नेपालखबरसँग भनिन्, ‘रातिचाहिँ गण्डकी प्रदेशका एक दुई ठाउँमा भारी वर्षाको सम्भावना छ।’ 

मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ।

जसमा भनिएको छ : देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम छ। साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन/यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .