ad ad

समाज


‘बेटी पढाऊ बेटी बचाऊ’ मा भ्रष्टाचार : सचिवसहित ६ जनाविरुद्ध १० करोडको मुद्दा

‘बेटी पढाऊ बेटी बचाऊ’ मा भ्रष्टाचार : सचिवसहित ६ जनाविरुद्ध १० करोडको मुद्दा

नेपालखबर
साउन १८, २०७९ बुधबार २०:०, काठमाडौँ

मधेश प्रदेशको कार्यक्रम ‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रममा भ्रष्टाचार गरेको आरोपमा ६ जनाविरुद्ध मुद्दा दायर भएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय साविक प्रदेश नं. २ हाल मधेश प्रदेश जनकपुरधामका तत्कालीन प्रदेश सचिव याम प्रसाद भुसाल, सीडीई, सहलेखापाल, ओम सत्य साई प्रालि, वीरगंज, पर्साका म्यानेजिङ डाइरेक्टर रेनु अग्रवालसमेत ६ जना र सो संस्था उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र दायर गरेको हो। 

मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ कार्यक्रममा अनियमितता भएको, साइकलको कम्पनी नखुलाई साइकल किनी ३ महिनादेखि गोदाममा राखिएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान अख्तियारले अनुसन्धान गरेको थियो। 

सो क्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट साइकल खरिद प्रकृया सुरु गर्दादेखि भुक्तानी कार्य गर्दासम्म संलग्न कर्मचारीहरु र साइकल आपूर्तिकर्ताले नेपाल सरकार र प्रदेश सरकारलाई बदनियतपूर्वक हिनामिना एवम् हानी नोक्सानी गरेको पुष्टि हुन आएको अख्तियारले जनाएको छ। 

उनीहरुविरुद्ध आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .