ad ad

समाज


म्याग्दी पहिरो अपडेट : एकै परिवारका ५ जनाको मृत्यु, २ जना घाइते

म्याग्दी पहिरो अपडेट : एकै परिवारका ५ जनाको मृत्यु, २ जना घाइते

प्रतिकात्मक तस्बिर


नेपालखबर
साउन १७, २०७९ मंगलबार ११:५८, काठमाडौँ

म्याग्दीमा आज (आइतबार) बिहान पहिरोले घर बगाउँदा एकै परिवारका ५ जनाको मृत्यु भएको छ। 

म्याग्दी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक राजन ढकालका अनुसार जिल्लाको मालिका गाउँपालिका–२ रुममा पहिरोले घर बगाउँदा ३८ वर्षीय घाम बहादुर विकसहित उनको परिवारका ५ जनाको मृत्यु भएको हो। 

‘प्रहरी टोली भर्खरै घटनास्थल पुगेको छ’, प्रवक्ता ढकालले टेलिफोनमा नेपालखबरसँग भने, ‘बेपत्ता ३ जनाको पनि शव भेटियो।’ यससँगै मृतकको संख्या ५ पुगेको छ। सबै जना एकै परिवारका हुन्। 

उनका अनुसार पहिरोमा परी ३८ वर्षीय घामबहादुर, उनका पत्नी ३५ वर्षीया राममाया विक, छोरा १५ वर्षीय नविन विक, अर्का छोरा १३ वर्षीय राजन विक र नाम नखुलेकी ५ वर्षीया छोरीको शव फेला परेको हो।

यस्तै त्यही ठाउँमा पहिरोल अर्काे घर पुर्दा २ जना घाइते भएका छन्।

स्थानीय ६५ वर्षीय गोठे विक र उनकी पत्नी ६५ वर्षीयालाई घाइते अवसथामा उद्धार गरिएको प्रहरी निरीक्षक ढकालले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .