ad ad

समाज


पछिल्लो २४ घन्टामा ४३८ संक्रमित थपिए, २ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा ४३८ संक्रमित थपिए, २ जनाको मृत्यु

नेपालखबर
साउन १४, २०७९ शनिबार १६:३८, काठमाडौँ

नेपालमा पछिल्लो २४ घन्टामा थप ४ जनामा ३८ कोरोना पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ४३८ जनामा संक्रमण पुष्टि भएको हो।

देशभर गरिएको १ हजार ७ सय ७९ पिसिआर परिक्षणका क्रममा २ सय ९२ जना र १ हजार ९ सय २० एन्टिजेन परिक्षणका क्रममा १ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

कोरोनाका कारण थप दुई जनाको मृत्यु भएको छ।

नेपालमा हालसम्म कोरोना कारण ११ हजार ९ सय ६६ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै थप २ सय ७७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६९ हजार ९ सय ६५ जना संक्रमण मुक्त भएका छन्।

हाल नेपालमा ४ हजार ३ सय ६९ सक्रिय संक्रमित आइसोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .