ad ad

समाज


देशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना

आगामी २४ घण्टाका लागि चेतावनी
देशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना

फाइल तस्बिर


नेपालखबर
साउन १०, २०७९ मंगलबार ६:२६, काठमाडौँ

अहिले (मंगलबार बिहान) देशका केही स्थानमा वर्षा भइरहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार यतिबेला प्रदेश १, गण्डकी प्रदेशका तराई क्षेत्र तथा लुम्बिनी र कर्णालीका एक दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ। काठमाडौंमा भने भर्खेरै वर्षा रोकिएको उनले बताइन्। 

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमालन बुलेटिनअनुसार दिउँसो देशभर मौसम आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १ का एक वा दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना छ। 

बुलेटिनअनुसार राति देशभर मौसम आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ। 

जसमा भनिएको छ : देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। उक्त भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम हुनुका साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन/यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले सामान्य सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .