ad ad

समाज


काठमाडौँ उपत्यकाका थप दुई जनामा हैजा पुष्टि

काठमाडौँ उपत्यकाका थप दुई जनामा हैजा पुष्टि

रासस
असार २१, २०७९ मंगलबार १२:१७, काठमाडौँ

काठमाडौँ उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.चुमनलाल दासले कागेश्वरी मनहरा नगरपालिकामा दुई बालकमा हैजा पुष्टि भएको जानकारी दिए। ती दुवै बालकमा हिजो हैजा पुष्टि भएको हो। 

योसँगै उपत्यकामा हैजाका बिरामी १९ पुगेका छन्  उनकाअनुसार कागेश्वरी मनहरा नगरपालिका–६ का ४ र ६ वर्षका बालकमा हैजा भेटिएको हो।

उनले ती दुवै बालक स्थानीय अस्पतालमा उपचारपछि घर फर्किएको बताए।

हैजा तथा झाडापखाला रोगबाट बच्नका लागि उमालेको वा क्लोरिन झोल हालेर शुद्धीकरण गरिएको पानी मात्र पिउन आग्रह गरिएको छ।

यस्तै, खानेपानी सधैँ सफा भाँडोले छोप्न, खानेकुरा राम्ररी पकाएर खान, सडेगलेको, बासी र झिँगा भन्केको खानेकुरा नखान समेत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुरोध गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .