ad ad

समाज


नवराज सिलवाल भन्छन् : अध्यागमन कर्मचारी अनुसन्धानमा योग्य छैनन्, प्रहरीलाई जिम्मा दिऊँ

नवराज सिलवाल भन्छन् : अध्यागमन कर्मचारी अनुसन्धानमा योग्य छैनन्, प्रहरीलाई जिम्मा दिऊँ

नेपालखबर
असार २०, २०७९ सोमबार १७:२२, काठमाडौँ

नेकपा एमालेका सांसद नवराज सिलवालले प्रविधिको प्रयोग गरेर अपराध गर्ने क्रियाकलापको अनुसन्धान गर्न अध्यागमनका कर्मचारी योग्य नरहेको बताएका छन्। 

सोमवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांस सिलवालले यस्तो बताएका हुन्। 

उनले राष्ट्रको सुरक्षामाथि खेलवाड गर्ने ढंगले एउटा निकायले गरिरहेको कामलाई हटाएर अरुलाई दिने कुरामा मिनि सांसदले सहमति
जनाउनु नहुने बताए। 

सांसद सिलवालले अध्यागमनको अधिकार नेपाल प्रहरीबाहेक अरुलाई दिन नहुने बताए। अध्यागमनमा आफ्नै कर्मचारीको
घोटलाको अनुसन्धान त्यही निकायले गर्न नहुने उनले बताए। 

त्यसका लागि नेपाल प्रहरी नै सही विकल्प रहेको सिलवालले बताएका छन्। 

सांसद सिलवालले नेपाल प्रहरीबाट खोसेर अर्को निकायलाई अध्यागमन अधिकार दिनु भनेको नेपाल प्रहरीमाथि भरोसा
नरहेको पुष्टि हु्ने पनि उल्लेख गरे। 

सिलवालले नेपाल प्रहरीमाथि भरोसा नभएको हो भन्दै गृहमन्त्री बालकृष्ण खाँणलाई प्रश्न पनि गरे। 

नेपाल प्रहरीलाई अनुसन्धानको अधिकाबाट हटाउने कुरामा आफ्नो विमति रहेको उनको जिकिर थियो। 

अध्यागमनमा बदमासी रहेको भन्दै प्रणालीगत ढंगले संयन्त्र बलियो बनाउन आवश्यक रहेको सिलवालले बताएका छन्। 

‘अध्यागमनमा आफ्नै मान्छे जो इन्भल्व हुन्छ, घोटालामा त्यही मान्छेको डिजीले त्यही निकायले त्यसैलाई अनुसन्धान गर्ने भन्ने कुरा
प्राकृतिक न्याय सिद्धान्तको विपरीत हो', उनले भने, 'नेपाल प्रहरीमाथि भरोसा छैन भन्ने मन्त्रीज्यूको कुरा हो भने ठिक छ। नेपाल प्रहरी भनेको विशेषज्ञ, अनुसन्धान गर्ने निकाय हो । यो अनुसन्धान गर्ने काम प्रहरीको हो, प्रहरीलाई दिनुस्। यो संशोधनमा मेरो विमति छ।' 

उनले अध्यागमनमा बदमासी रहेको पनि बताए। 'अहिले विभिन्न प्रविधिको प्रयोग गरेर अपराधीहरु घुस्ने र अपराध गर्ने क्रियाकलाप छ, त्यसमा अनुसन्धान गर्न अध्यागमनका कर्मचारी योग्य हुनुहुन्न', उनले थपे, 'त्यसैले राष्ट्रको सुरक्षामाथि खेलवाड गर्ने ढंगले एउटा निकायले गरिरहेको कामलाई हटाएर अरुलाई दिने कुरामा मिनि सांसदले सहमति जनाउनु हुँदैन। हामीले प्रणालीगत ढंगले संयन्त्र बलियो बनाउन आवश्यक छ।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .