ad ad

समाज


सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट नेपाल एपीएफ अस्पतालको निरीक्षण

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट नेपाल एपीएफ अस्पतालको निरीक्षण

नेपालखबर
असार १९, २०७९ आइतबार १९:५५, काठमाडौँ

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले काठमाडौंको बलम्बुस्थित नेपाल एपीएफ अस्पतालको निरीक्षण गरी त्यहाँको सेवा प्रवाहको अवस्थाबारे जानकारी लिएका छन्।

महानिरीक्षक अर्यालले सो अस्पताल निरीक्षण तथा अनुगमनको क्रममा अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकहरुसँग अन्तरक्रिया गर्नुका साथै सो अस्पतालले प्रवाह गरिरहेको स्वास्थ्य उपचार सेवा, थप गर्नुपर्ने आवश्यक संरचना तथा श्रोत साधन र व्यवस्थापकीय लगायतका विविध पक्षबारे जानकारी लिएका हुन्।

त्यसअवसरमा उनले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा सशस्त्र प्रहरी कर्मचारीहरुलाई सो अस्पतालबाट प्रवाह हुने उपचार सेवामा कुनै पनि कमिकमजोरी हुन नदिई संवेशनशील रहँदै उच्चस्तरीय सेवा प्रवाहमा क्रियाशील रहन निर्देशन दिए।

महानिरीक्षक अर्यालले त्यसअवसरमा ओपीडी, प्याथोलोजी, आईसीयू, अपरेशन कक्ष, बाल रोग विभाग, बिरामी वार्ड, फिजियोथेरापी, फार्मेसी तथा मेश लगायतको निरीक्षण र अनुगमन गरी जनरल वार्ड, आईसीयू, एचडीयू र भेन्टिलेटरमा रहेका बिरामीहरुको स्वास्थ्य अवस्थाबारे समेत जानकारी लिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .