समाज


देशका धेरै स्थानमा वर्षाको सम्भावना, २४ घण्टाका लागि चेतावनी

देशका धेरै स्थानमा वर्षाको सम्भावना, २४ घण्टाका लागि चेतावनी

फाइल तस्बिर


नेपालखबर
असार १९ , काठमाडौँ

आज पनि देशका धेरै हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्।

त्यसो त अहिले (आइतबार बिहान ६ः१५ बजे सोध्दा) पनि खोटाङ, बैतडी, डोटी र डडेल्धुरामा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हीरा भट्टराईले जानकारी दिए। ‘देशका बाँकी स्थानमा भने आंशिक बदलीको अवस्था छ’, उनले भने।

उनका अनुसार आज कतै पनि त्यति ठूलो पानी पर्ने सम्भावना छैन। 

मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशभर सामान्यतया बदली रहनेछ। देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

यस्तै राती देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी क्षेत्रका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भने भारी वर्षा (५० मिलिमिटरभन्दा माथि) समेत सम्भावना रहेको महाशाखाले बुलेटिनमा उल्लेख छ। 

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। 

जसमा भनिएको छ : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको साथै बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन÷यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।

असार १९, २०७९, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.