काभ्रेपलान्चोकको बनेपा-११ मा अस्पतालका कर्मचारी बोकेको बस बिहीबार अपरान्ह दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
बाल अपांग अस्पतालको बस अस्पतालनजिकै दुर्घटना हुँदा ३९ जना घाइते भएको काभ्रेका प्रहरी प्रमुख एसपी चक्रबहादुर सिंहले जानकारी दिए।
उक्त दुर्घटनामा भक्तपुरको लोकन्थलीकी लेखकुमारी बस्नेतको मृत्यु भएको हो।
अस्पतालबाट केही अगाडि पुग्नासाथ बस पल्टिएको थियो।
दुर्घटनापछि घाइतेहरुमध्ये शीर अस्पतालमा २१ जना, धुलिखेलमा ८ जना र अन्य १० जनाको अन्य अस्पतालमा उपचार भइरहेको एसपी सिंहले जानकारी दिए।
120
Shares
प्रतिक्रिया