NepalKhabar NepalKhabar

समाज


मलबिनै धान रोपाइँ गर्न थाले महोत्तरीका किसान

मलबिनै धान रोपाइँ गर्न थाले महोत्तरीका किसान

फाइल फोटाे


रासस
असार १५ , महोत्तरी

पानी परेपछि महोत्तरीका किसान धान रोपाइँमा व्यस्त छन्। लामो समय कुर्दा पनि किसानले बजार र कृषि सहकारीमा रासायनिक मल पाउन सकेनन्।

पानी परेपछि खेर जान नदिने भन्दै उनीहरु रोपाइँ गर्न लागेका हुन्। एक सातायता दिनहुँजसो पानी परिरहेको छ। दिनहुँको वर्षासँगै रोपाइँ चाँडै सक्ने ध्याउन्न किसानलाई छ। 'बजारमा मल पाइएन, पानी परेकाले बीउ रोप्न थालियो', भङ्गाहा नगरपालिका–४ रामनगरका इद्रिस राइनले भने। 

जिल्लाका सबै भेगमा पानी परेपछि किसान सक्रिय बनेका छन्। असार मसान्तमै धानको शाहीरोप (पहिलो बीउरोप) सकिने बलवा नगरपालिकाका मन्सुल राइन बताउँछन्।'मौसमले साथ दिए समयमै धान रोपाइँ सकिन्छ', उनले भने। 

मल नपाएकाेमा भने उनको दुःखेसो छ। महोत्तरीसहितका मध्यपूर्वी तराईमा गत जेठ २२ गतेसम्म हिउँदे धानको बीउ राख्ने, असार तेस्रो साताभित्रै बीउरोप सक्ने र साउन तेस्रो साताभित्र खरुवन (पहिले रोपिएको बीउको रोपो गाँजिएपछि उखेलेर रोप्ने) रोपाइँ सक्ने उपयुक्त समय हो।

यसपालि बीउ धानको अभावले समयमै ब्याड राख्न नपाएको किसान बताउँछन्। उनीहरुले सहकारी संस्था र बीउ नपाएपछि घरकै बीउ राखेर ब्याड बनाएका छन्। ब्याडको बीउ १५ दिनको भएपछि रोप्न थालिएको हो। लगातार पानी परिरहेकाले खेतका गह्रामा पानी लागेको छ।

किसान खेत हिल्याउने, गह्रा सम्याउने, बीउ काढ्ने (बीउ उखेल्ने) र रोप्ने काममा व्यस्त छन्।

जिल्लामा कूल खेतीयोग्य जग्गा ७० हजार हेक्टर छ। यसमध्ये १० प्रतिशतमा मात्र नहर कुलो लाग्छ। यहाँ अधिकांश खेती आकाशे पानीकै भरमा गर्नुपरेको छ।

समयमा बीउ, मल र जनशक्ति नपाउँदा गाह्रो भएको बर्दिवास नगरपालिका–१२ बिजलपुराका विश्वनाथ सिंह बताउँछन्।

कूल खेतीयोग्य जग्गामध्ये ५० हजार हेक्टर क्षेत्रफल धान खेतीका लागि उपयुक्त मानिन्छ।

असार १५, २०७९, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.