प्रधान सेनापति प्रभुराम शर्मा अहिले अमेरिका भ्रमणमा व्यस्त छन्। संयुक्त राष्ट्रसंघीय शान्ति मिसन रहेको लेबनान र सिरिया हुँदै अमेरिका पुगेका उनी अहिले भेटघाट र त्यहाँस्थित सेनाका तालिमकेन्द्र अवलोकनमा व्यस्त छन्।
नेपाली सेनाका अनुसार उनी आइतवार सिरिया हुँदै अमेरिका पुगेका हुन्। उनले सोमबारै अमेरिकाको भर्जिनियास्थित त्यहाँस्थित मरिन कर्प्स र मरिन कर्प्स बेसको अवलोकन गरेका छन्।
त्यही क्रममा प्रधान सेनापति शर्माले मरिन कर्प्स वार फाइटिङ प्रयोगशालाका कमान्डिङ जेनरल ब्रिगेडियर क्यल बी एलाइसनसँग भेटवार्ता र छलफल गरेका थिए।
शर्माले भर्जिनियास्थित मरिन कर्प्स कमाण्ड तथा तालिम केन्द्रको पनि सोमबारै भ्रमण गरेका छन्। उनले उक्त कलेजको तालिम लगायत पक्षबारे जानकारी लिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
प्रधान सेनापति शर्माले आइतवार संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीसँग शिष्टाचार भेटघाट गरेका पनि सेनाले उल्लेख गरेको छ।
Shares
प्रतिक्रिया