ad ad

समाज


१३ वर्षीया बालिकालाई बिक्री गर्न भारत लैजाँदै गरेका एक भारतीयसहित दुई जना पक्राउ

१३ वर्षीया बालिकालाई बिक्री गर्न भारत लैजाँदै गरेका एक भारतीयसहित दुई जना पक्राउ

नेपालखबर
असार ९, २०७९ बिहिबार २१:३४, काठमाडौँ

मानव बेचविखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।

भारत मजतपुर घर भई हाल झापा बिर्तामोड नगरपालिका ५ मुर्तिचोक डेरा गरी बस्ने २३ वर्षीय हिरा कुमार सहनी र बारा कोल्वी नगरपालिका ४ सपही की १९ वर्षीया सिरिसा सिंह महथालाई मोरङ प्रहरीले पक्राउ गरेको हो। 

उनीहरूले १३ वर्षीया बालिकालाई बेचविखन गर्ने उद्देश्यले विराटनगर महानगरपालिका १५ स्थित भन्सार कार्यालयको २ नम्बर ढाँट सिमाक्षेत्रबाट ललाईफकाई भारततर्फ लाँदै गरेका थिए।

साना हात नेपाल विराटनगरको समन्वयमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले त्यहीँबाट उनीहरुलाई पक्राउ गरेको हो। 

उनीहरुविरुद्ध जिल्ला अदालत मोरङबाट मानव वेचबिखन तथा ओसारपसार मुद्दामा ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .