ad ad

समाज


भक्तपुरमा टिपर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

भक्तपुरमा टिपर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

नेपालखबर
असार ९, २०७९ बिहिबार ९:२०, काठमाडौँ

भक्तपुरको आदर्श चोक नजिक आज बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा एकजना भक्तपुर नगरपालिका–२ ब्यासीका १९ वर्षीय निश्चल चौगुठी रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

मृत्यु भएका अर्का पुरुषको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।

सूर्यविनायकबाट जगाती तर्फ जाँदै गरेको बा ८९ प ७८७६ नम्बरको मोटरसाइकल र सूर्यविनायक तर्फ आउँदै गरेको बा ४ ख ५२९८ नम्बरको टिपर आपसमा ठोक्किँदा दुर्घटना भएको थियो।

 

प्रहरी वृत्त जगातीले टपर चालक दोलखाको मेलुङ–३ घर भइ हाल काठमाडौंको सुकेधारा बस्ने ३५ वर्षीय धन बहादुर थोकरलाई नियन्त्रणमा लिएको छ। अहिले मृतकको शव भक्तपुर अस्पतालमा राखिएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .