आगामी साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर छुट्याउन काठमाडौं महानगरपालिकाले आग्रह गरेको छ। फोहोर पृथकीकरण नगरेमा फोहोर संकलन नगर्ने महानगरपालिकाले एक सूचना जारी गर्दै जनाएको छ।
फोहोर वर्गीकरण नगरे प्रत्येक पटक पाँच सय रुपैंया जरिवाना हुने महानगरको वातावरण तथा कृषि विभागले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।
कुहिने र नकुहिने फोहोर छुट्याउने जिम्मेवारी उत्पादनकर्ताकै भएकोले कुहिने र नकुहिने फोहोरका लागि छुट्टाछुट्टै दिन फोहोर संकलन गर्न गाडी पठाइने महानगरले बताएको छ।
‘स्रोतमा नै फोहोरको पृथकीकरण नगरेमा फोहोर संकलन नगर्ने र काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५१ (थ) तथा फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा (थ) अनुसार कसुर मानी प्रत्येक पटक पाँच सय रुपैयाँ जरिवाना हुने व्यहोरा जानकारी गराइन्छ’ सूचनामा भनिएको छ।
Shares
प्रतिक्रिया