झापामा विषालु सर्पको टोकाइबाट एक किशोरको मृत्यु भएको छ।
बुद्धशान्ति गाउँपालिका–५ खारखोलाका १५ वर्षीय अजित तामाङको बुधबार विषालु सर्पको टोकाइबाट मृत्यु भएको हो।
बाली खान आएको जंगली हात्ती धपाउन जाँदा उनलाई विषालु सर्पले टोकेको अभिभावकले बताएका छन्।
सर्पको टोकाइबाट गम्भीर बिरामी भएका तामाङको उपचारका क्रममा चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
45
Shares
प्रतिक्रिया