कञ्चनपुरको वेदकोट नगरपालिका–७ स्थित पूर्व पश्चिम राजमार्गमा आज बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार महेन्द्रनगरबाट धनगढीतर्फ जाँदै गरेको ना४ख ८०७७ नंको बसको ठक्करबाट शुक्लाफाँटा नगरपालिका–६ का अन्दाजी ३० वर्षीया विमलादेवी जोशीको मृत्यु भएको हो।
सडक पार गर्ने क्रममा बसले जोशीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। सख्त घाइते भएकी जोशीलाई अस्पताल पु¥याउने क्रममै मृत्यु भएको बताइएको छ। बसका चालक भीमदत्त नगरपालिकाको वनगाउँ बस्ने ३४ वर्षीय राजेन्द्र जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस
57
Shares
प्रतिक्रिया