ad ad

समाज


रोल्पामा युवती मृत भेटिइन्, सुतेको कोठामा सर्प

रोल्पामा युवती मृत भेटिइन्, सुतेको कोठामा सर्प

प्रतिकात्मक तस्बिर


रोल्पा
असार ८, २०७९ बुधबार ९:४८, काठमाडौँ

रोल्पामा एक युवती मृत फेला परेकी छन्। रुन्टीगढी गाउँपालिका–५ छिन्नेटाकी १७ वर्षीया कृष्णी विक मृत फेला परेकी हुन्। 

विक सुतेको कोठामा सर्पसमेत फेला परेकाले सर्पले डसेको हुनसक्ने आशङ्का गरिएको छ। 

शव परीक्षणको रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले घटना अनुसन्धान गरिरहेको छ। 

विक घरेलु तथा साना उद्योग विकास कार्यालयले सदरमुकाम लिवाङमा सञ्चालन गरेको ब्युटीपार्लर तालिममा सहभागी थिइन्।  उनी कार्यालयको होस्टेलमा बस्ने गरेकी थिइन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .