ad ad

समाज


अपहरणको नाटक गरेर परिवारसँग २० लाख बार्गेनिङ, यसरी समातिए कृष्णकुमार

अपहरणको नाटक गरेर परिवारसँग २० लाख बार्गेनिङ, यसरी समातिए कृष्णकुमार

नेपालखबर
असार ७, २०७९ मंगलबार १४:१८, काठमाडौँ

ललितपुरको इमाडोलमा बस्दै आएका सप्तरीका एकजना युवकले अपहरणको नाटक गरेर आफ्नै परिवारसँग लाखौँ रुपैयाँ बार्गेनिङ गरेको खुलेको छ।

सप्तरीको राजगढ गाउँपालिका ३ स्थायी घर भइ हाल ललितपुरको इमाडोल बस्ने ३१ वर्षीय कृष्ण कुमार शर्मालाई अपहरणको नाटक गरेर परिवारसँगै फिरौती मागेपछि पक्राउ गरेको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाका अनुसार उनी गत असार १ गते परिवारलाई आईएमईबाट रकम पठाउन जान्छु भन्दै कोठाबाट हिँडेका थिए। 

उनी त्यसपछि एक्कासी मोबाइल अफ गरेर सम्पर्कविहीन भएका थिए। उनी हराएपछि खोजी गर्दा पनि भेटिएका थिएनन्। 

त्यसपछि परिवारले उनको खोजीका लागि प्रहरीवृत्त सातदोबाटोमा निवेदन दिएका थिए। त्यसपछि प्रहरीले खोजी थालेको थियो।

महाशाखाका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाका अनुसार त्यसपछि उनले प्रयोग गर्दै आएको सामाजिक सञ्जाल ईमोबाट उनको परिवारलाई कृष्ण कुमार अपहरणमा परेको भन्दै फिरौती माग्न थालिएको थियो।

'उनलाई मार्नका लागि  आठ लाख रुपैयाँ प्राप्त भइसके पनि २० लाख फिरौती दिएमा उनलाई अपहरणमुक्त गरी दिन्छौँ', कोइरालाका अनुसार उक्त म्यासेजमा भनिएको थियो, 'उक्त घटनाबारे प्रहरीलाई खबर गरे र दुई दिनभित्र भने जति रकम नदिए मारिदिन्छौँ।'

त्यसपछि उनैले अपहरणकारी बनेर अपहरणमा परेको भिडिण क्लिप्स पठाई डर-त्रास देखाएका खुलेको छ।

फिरौतीको बार्गेनिङ चलिरहेका बेला महाशाखाबाट खटिएको टोलीले अपहरणको घटना उनले रकम प्राप्त गर्न बनाएको खुलेको छ।

उनले रकमकै लागि नियोजित रूपमा आफूलाई नाटकीय अपहरण गरेको म्यासेज तथा भिडिओ क्लिप्स बनाई पठाएको खुल्न आएपछि प्रहरीले खोजेको थियो। 

 महाशाखाको टोलीले जिल्ला प्रहरी कार्यालय मोरङको समन्वयमा कृष्णकुमारलाई विराटनगरबाट पक्राउ गरेको हो। 

शर्माविरुद्ध सार्वजनिक उपद्रयाईं गर्न नहने कसुर अन्तर्गत थप अनुसन्धान तथा कारवाहीका लागि प्रहरी वृत्त, सातदोबाटो पठाइएको महाशाखाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .