ad ad

समाज


तीन दिनदेखि बेपत्ता युवतीको सीमा क्षेत्रबाट उद्धार

तीन दिनदेखि बेपत्ता युवतीको सीमा क्षेत्रबाट उद्धार

नेपालखबर
असार ७, २०७९ मंगलबार १०:३४, बैतडी

तीन दिनदेखि बेपत्ता बैतडीकी एक युवतीको त्रिनगर सीमानाकाबाट उद्धार गरिएको छ। सिगास गाउँपालिका– ८  की सरस्वती बोहराको उद्धार गरिएको प्रहरीले जनाएको छ।

घरपरिवारले दिएको निवेदनका आधारमा खोजतलास गर्दै जाँदा भारत जाँदै गरेको अवस्थामा सीमानाका त्रिनगरबाट युवतीलाई उद्धार गरिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। 

‘घरपरिवारले हुलियासहित हामीलाई निवेदन दिएका थिए, हामीले सीमा क्षेत्रमा पनि सञ्चार गरेका थियौँ, ती युवतीको त्रिनगरबाट उद्धार गरिएको छ,’ उनले भने।

उद्धार गरिएकी युवतीको घरपरिवारलाई खबर भइसकेको प्रहरीले जनाएको छ ।  भारतमा कोही आफन्त नरहेको र सररस्वती किन भारत जाँदै थिइन् भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ।

यस विषयमा थप अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक जोशीले बताए।

शनिबार बिहान रोपाइँ गर्न भनी घरबाट हिँडेकी सरस्वती एक्कासी बेपत्ता भएकी थिइन् । बेपत्ता सरस्वतीको खोजीका लागि हुलियासहित प्रहरीलाई निवेदन दिएका थिए।

रमेश बोहराले गत चैतमा कञ्चनपुरबाट सरस्वतीसँग भागी विवाह गरेका बताइएको छ। रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .