सर्लाहीमा एक युवकको शव फेला परेको छ। सर्लाहीको कविलासी नगरपालिका - ८ अगर्वा बस्ने २४ वर्षका अमरेन्द्र ठाकुरको शव फेला परेको हाे।
घरभन्दा केही पर सडक छेउको खेतमा उनको हत्या भएको हुनसक्ने सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी माधव बुढाथोकीले जानकारी दिए।
उनको हत्या विषयमा अनुसन्धान भइरहेको डिएसपी बुढाथोकीले बताए।
असार ७, २०७९, मंगलबार
426
Shares
प्रतिक्रिया