ad ad

समाज


आजबाट काठमाडौंमा ५ वटा ब्रुमरले थाल्यो सफाइ, भोलि अन्य ४ वटा थपिने

आजबाट काठमाडौंमा ५ वटा ब्रुमरले थाल्यो सफाइ, भोलि अन्य ४ वटा थपिने

नेपालखबर
असार १, २०७९ बुधबार ९:१६, काठमाडौँ

काठमाडौं महानगरपालिकामा निष्क्रिय भएका ब्रुमरहरु संचालनमा आएका छन्। आजबाट काठमाडौंमा ५ वटा ब्रुमरले सफाइ थालेको महानगरपालिकाका मेयर बालेन्द्र शाहले जानकारी दिए।

‘सानातिना मर्मत लगायतका कामहरु पनि नभएर लगभग निष्क्रिय भएर बसेका ब्रुमरहरुको मर्मत भएर काम सुरु हुन थालेका छन्,’ शाहले भने।

भोलिदेखि अन्य ४ वटा ब्रुमरहरु सरसफाइका लागि थपिने उनले जानकारी गराएका छन्। ‘आजदेखि ५ वटा ब्रुमरले काठमाडौं  सफाइ गर्न थालेका छन्, भोलिदेखि ४ वटा ब्रुमरहरु पनि थपिएर ९ वटा ब्रुमरहरुले नियमित सफा गर्नेछन्।’ उनले भने।

वर्षायामका बाबजुत पनि काठमाडौंलाई धुलोरहित बनाउने अभियानमा ब्रुमरहरु सहयोगीसिद्ध हुने विश्वास मेयर शाहले गरेका छन्। ‘बर्षायाम भएकाले केही असहजता पक्कै हुनेछन् तर आवश्यक ठाउँमा सकेसम्म चाँडो पुगेर काठमाडौंलाई धुलोरहित बनाउने अभियानमा ब्रुमरहरु सहयोगीसिद्ध हुनेछन् भन्ने विश्वास छ।’ उनले भने। काठमाडौं महानगरपालिकामा यसअघि नै प्रयोगमा आइसकेका ब्रुमरहरु बिग्रिएपछि थन्किएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .