ad ad

समाज


आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, मधेस, बागमती र प्रदेश १ मा भारी वर्षाको अनुमान

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, मधेस, बागमती र प्रदेश १ मा भारी वर्षाको अनुमान

नेपालखबर
जेठ २९, २०७९ आइतबार ८:६, काठमाडौँ

देशका अधिकांश भू–भागमा आज वर्षा हुने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ। सबैभन्दा धेरै वर्षा मधेस प्रदेशमा हुने अनुमान छ। 

अहिले पनि मधेस, बागमती र लुम्बिनी प्रदेशका केही ठाउँमा वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज प्रदेश १, मधेस , बागमती, गण्डकी र कर्णाली प्रदेशमा वर्षाको सम्भावना छ। प्रदेश १, मधेस र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

यतिबेला प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव छ। अन्य प्रदेशमा भने स्थानीय वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव छ। जसको प्रभावले ती क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदलीको अवस्था छ।  

उक्त प्रणालीको प्रभावले आज दिनभर प्रदेश १, मधेस प्रदेश, बागमती, गण्डकी र कर्णाली प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली हुने अनुमान महाशाखाले गरेको छ।

महाशाखाका अनुसार आज प्रदेश १, मधेस प्रदेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थान तथा अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

 राति पनि प्रदेश १ र मधेस प्रदेशका धेरै स्थान, बागमती, गण्डकी र कर्णाली प्रदेशसहित अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .