सडक विभागले वर्षायाममा सडक खन्न स्वीकृति नदिने भएको छ।
विभागले असार १ देखी भदौ मसान्तसम्म सडक खन्न नदिने सूचना जारी गरेको हो।
वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन लगायतको प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मतसम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रिँदै जाने भएकाले सडक खन्न नदिने बताएको हो।
कसैले जबर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने विभागले जनाएको छ।
45
Shares
प्रतिक्रिया