ad ad

समाज


नयाँ बजेटमा शिक्षकको तलब बढाउन महासंघको माग

नयाँ बजेटमा शिक्षकको तलब बढाउन महासंघको माग

नेपालखबर
जेठ १३, २०७९ शुक्रबार १४:१, काठमाडौँ

नेपाल शिक्षक महासंघले आगामी वर्षको बजेटमा शिक्षककाे तलब बढाउनेलगायतका माग सम्बोधन गर्न अर्थमन्त्रीलाई ध्यानाकर्षण गराएको छ। 

महासंघले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसँग भएको सम्झौतालाई बजेटमार्फत सम्बोधन गरिनुपर्ने भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराएको हो।

महासंघले आर्थिक वर्ष २०७९/०८० को बजेटमा शिक्षकहरुका विभिन्न मागलाई सम्बोधन गरिनुपर्ने बताएको छ।

पत्रमा उल्लेख भए अनुसार आर्थिक वर्ष २०७८ /७९ को बजेटमा तोकिए बमोजिम विद्यालयका लेखापाल र कार्यालय सहयोगीको र बालकक्षाका शिक्षकको पारिश्रमिक अबको आर्थिक वर्षबाट सङ्घीय सरकारबाटै उपलब्ध गराउन आग्रह गरिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .