ad ad

समाज


सशस्त्र प्रहरीद्वारा सालको गोलिया काठसहित तीन जना पक्राउ

सशस्त्र प्रहरीद्वारा सालको गोलिया काठसहित तीन जना पक्राउ

नेपालखबर
जेठ १२, २०७९ बिहिबार १८:४७, काठमाडौँ

सशस्त्र प्रहरीले झापाको अर्जुनधारा नगरपालिका १ स्थित हलुवागड सामुदायिक वन उपभोक्ता समूहको जंगलबाट सालको गोलिया काठसहित तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोहि नगरपालिका ७ बस्ने २४ वर्षीय कृष्ण प्रसाई, २९ वर्षीय पवन प्रसाई र बुद्धशान्ति गाउँपालिका ८ बस्ने ३४ वर्षीय मेघनाथ पौडेल छन्।

को १ ज १६७३ नम्बरको गाडीमा राखेर लैजाँदै गरेको उल्लेखित मूल्य बराबरको ३५ क्यूफिट सालको गोलिया काठसहित उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश खुदुनाबारीबाट खटिएको सशस्त्र प्रहरी र सामुदायिक वन कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको हो।

त्यसबेला उक्त गाडि समेत बरामद गरिएको छ। सो गाडीको मूल्य २ लाख  रुपैयाँ रहेको छ।

पक्राउ परेकाहरुलाई बरामद काठ तथा गाडीसहित आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय चन्द्रगढी झापामा बुझाइएको सशस्त्रले जनाएको छ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण बर्दियाबाट खटिएको टोलीले करिब ५ लाख १७ हजार रुपैयाँ बराबरको १ सय ४८ क्यूफिट सालको काठ बरामद गरेको छ।

बेवारिसे अवस्थामा रहेको उक्त काठ सशस्त्र प्रहरीले बर्दिया जिल्लाको मधुवन नगरपालिका ९ धर्मबस्ती र सोही नगरपालिका ७ गंगावस्ती सीमा इलाकाबाट बरामद गरेको हो। बरामद काठ डिभिजन वन कार्यालय गुलरियामा बुझाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .