ad ad

समाज


एम्बुलेन्स घरमा छिर्दा सुतिरहेकी मनमायाको मृत्यु

एम्बुलेन्स घरमा छिर्दा सुतिरहेकी मनमायाको मृत्यु

तस्बिर : दिनेश थापाको फेसबुकबाट


नेपालखबर
जेठ १२, २०७९ बिहिबार ७:४०, काठमाडौँ

लामोसाँघु–जिरी सडकखण्ड अन्तर्गत पर्ने सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित दुईकिलो नजिकै एम्बुलेन्स दुर्घटना भएको छ। 

बुधबार राति बा २० च ६३२७ नम्बरको एम्बुलेन्स दुर्घटना भएको हो। 

सडकखण्डबाट एम्बुलेन्स खसेर घरमा सुतिरहेकी ८९ वर्षीया मनमाया खड्काको निधन भएको सिन्धुपाल्चोक प्रहरी एसपी रामेश्वर प्रसाद यादवले बताए।

उनकाअनुसार सडकबाट एम्बुलेन्स दुई मिटर तल झरेको थियो।

एम्बुलेन्स घरभित्र छिरेपछि घाइते भएकी खड्काको उपचारका लागि अस्पताल लाने क्रममा निधन भएको यादवले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .