शिक्षकबाटै यौन दुर्व्यवहार भएपछि हिजो बिहानैबाट शिक्षकलाई कारबाहीको माग गर्दै सुरु भएको नाराबाजी अझै रोकिएको छैन।
काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजका छात्रामाथि यौन दुर्व्यवहार भएपछि आज पनि विद्यार्थीले बिहानैबाट गौशाला प्रहरी वृत्त अगाडि प्रदर्शन जारी राखे का छन्।
कलेजका केर्डिनेटर जनार्दन अधिकारी र शिक्षक राजन पौडेलले छात्राहरूमाथि यौन दुराचार गरेको भन्दै यौन दुराचारीलाई कारबाही गरिनुपर्ने माग विद्यार्थीहरूको छ।
आफ्नो इच्छा पूरा गर्दिए कलेजको शुल्कदेखि अरु कुरा छुट गराइदिने भन्दै विद्यार्थीलाई नराम्रो हर्कत गरेको पीडित विद्यार्थीको आरोप छ।
यौन दुर्व्यवहार भएको भन्दै छात्राहरूले शिक्षकविरुद्ध किटानी जाहेरी दिएपछि ति शिक्षक प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ। कलेजले दुवै जनालाई बर्खास्त गरिसकेको छ।
यस्तो छ कलेजको विज्ञप्ति-
Shares
प्रतिक्रिया